स्वागतम खबर
ढल्केवर, भदौ २९ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने स्थल पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवर पार्क र चौकमा लगाइएकोे नेपाली राष्ट्रिय झण्डा आज फेरिएको छ । गत वर्ष लगाएको नेपाली राष्ट्रिय झण्डा कतिपय पुरानो भएको र कति च्यातिएकोले सो ठाउँमा आज पुराना झण्डा हटाएर नयाँ लगाईएको छ । झण्डा फेरिएपछि ढल्केवर चौक आर्कषक देखिएको छ ।
६०औं राष्ट्रिय बाल दिवसको अवसर पारेर पार्क तथा चौकको सरसफाइ गर्दै नयाँ झण्डा लगाइएको मिथिला युवा संजालका विवेक ठाकुरले जानकारी दिनुभयो ।
ढल्केवर चौकमा अवस्थित पार्कको पूर्व, पश्चिम र दक्षिण कुनामा निलो रंगको ड्रममा फलामै पाइप राखेर एक लहरे झण्डा लगाएको छ । साथै ड्रममा राति टल्किने ट्राफिक सन्देश सहितको स्टीकर टाँसिएकोले चौकमा सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुगेको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका दिपक लामाले बताउनुभयो ।
मिथिला उद्योग वाणिज्य संघ ढल्केवर, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ढल्केवर, लायन्स क्लव अफ मिथिला ढल्केवर, मिथिला व्याडमिन्टन क्लव, मिथिला युवा संजाल लगायत स्थानीय जनप्रतिनिधी, राजनीतिककर्मी, व्यापारी, प्रहरी, ट्राफिक, युवा लगायतको सहयोग र समन्वयमा झण्डा लगाउने र पुरानो भएपछि फेर्ने कार्य भईरहेको मिथिला नगर पत्रकार संजाल ढल्केवरका कोषाध्यक्ष विजयकुमार सिंहले बताउनुभयो ।