Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

धनुषाको विद्यार्थीको सिन्धुलीस्थित भगवती स्कुलमा शंकास्पद मृत्यु, हत्या गरिएको पीडित परिवारको आरोप

स्वागतम् खबर स्वागतम् खबर
८ महिना अगाडि
धनुषाको विद्यार्थीको सिन्धुलीस्थित भगवती स्कुलमा शंकास्पद मृत्यु, हत्या गरिएको पीडित परिवारको आरोप

स्वागतम खबर
महेन्द्रनगर, असोज ३ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ६ स्थित भगवती अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत धनुषा सपहीका एक विद्यार्थीको हत्या गरिएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । हत्या घटनाको निष्पक्ष छानविन गर्नुपर्ने, पीडितको जोहरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता गर्नुपर्ने, घटना मुचुल्का, पोष्टमार्टम रिर्पोट, घटना स्थलको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गर्दै सपहीका स्थानीय गाउँलेहरु सडक संर्घषमा जाने निर्णय गरेका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका ४२ वर्षीय गणेश कुमार साहका करिव १४ वर्षीय छोरा रजनिश साहको गत भदौ २ गते अध्ययनरत स्कुलको होस्टेलका वार्डेनले हत्या गरेको घटना अनुसन्धानमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र जाहेरी समेत दर्ता नगरेकाले सडक संघर्षमा जानुपर्ने आवस्था आएको स्थानीयबासी राजकुमार मण्डलले बताउनुभयो ।
आज धनुषाको सपहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीयहरुले पीडित परिवारको न्यायका लागि दवाव दिन गाउँलेहरु सडक संर्घष अन्तर्गत सपहीमा चक्का जाम गर्ने तथा सम्बन्धित निकाय, मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ लगायत सबै ठाउँमा न्यायको लागि अपिल गर्ने मण्डलले भन्नभुयो ।


सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित भगवती अंग्रेजी माध्यमिक विद्यालयको होस्टेलमा बसेर कक्षा ८ मा अध्ययनरत आफ्ना छोरा रजनिशलाई होस्टेलका वार्डेनले हत्या गरेको आरोप पीडित गणेश कुमार साहको रहेको छ । छोरालाई कुटपिट गरेर झुण्डाएको र आफै झुण्डिएको भनेर हल्ला फिँजाई उपचारको लागि सिन्धुली अस्पतालमा लगेको आफुलाई भदौ २ गते साँझ मात्र खबर गरेको उहाँले बताउनुभयो । आफु सिन्धुली पुग्दा छोरालाई अवस्थाको गम्भीर भएकाले धुलिखेल लगेको र आफु २ बजे राति धुलिखेल पुग्दा छोरा बोल्न नसक्ने अवस्थामा आईसियुमा भर्ना रहेको र ६ दिन पछि त्यहि मृत्यु भएको उहाँले भन्नभुयो । त्यसपश्चात लक्ष्मीनियाँ गा.पा. ४ का वडाअध्यक्ष रमेश कुमार साह र गाउँले सहित घटनास्थल स्कुलमा पुग्दा झुण्डिएको होस्टेल कोठा, पासो लगाएको भनिएको गेट र त्यही रहेको सिसिटिभीको फुटेज नहुँनुले घटना शंकास्पद रहेकाले मानव अधिकारवादी संघसंस्थालाई न्याय दिलाइदिन उहाँले आग्रह गर्नुभयो ।


घटना विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जोहरी लिएर पटक-पटक जाँदा पनि प्रहरी प्रमुखले दर्ता गर्न नमानेको गुनासो पीडित साहले गुनासो गर्नुभयो । उहाँले विद्यालयका प्राधानाध्यापक कृष्ण कुमार उप्रेती, होस्टेल ईन्चार्ज मोहन खड्का, राजेश क्षेत्री र सस्ंथापक संजय दहाललाई नियन्त्रणमा लिएर घटना विषयमा सत्य तथ्य बुझ्न सुक्ष्म र गहिरो अनुसन्धान हुनुपर्ने माग सहित हुलाक मार्फत जाहेरी पठाएको समेत जानकारी दिनुभयो ।
यता लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष रमेश कुमार साहले पनि रजनिशको हत्या गरिएको छ, भन्दै स्कुल संचालक, व्यवस्थापक र वार्डेनलाई नियन्त्रणमा लिई घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गर्नुभयो । यो आत्म हत्या नभई हत्याको घटना रहेको र पुरै शंकास्पद रहेकाले जाहेरी दर्ता गरी पीडितलाई न्याय दिलाउन आफु स्थानीयको साथमा रहेको बताउनुभयो ।

घरकै जेठा छोराको शंकास्पद मृत्यु घटना पश्चात पीडित परिवार विच्छिप्त छन् ।
यता रजनिशको दुखद र असमायिक निधन भएको भन्दै विद्यालयले भदौ ८ गते निकालेको शोक वक्तव्य पनि घटना शंकास्पद रहेको बुझिन्छ, उहाँले भन्नुभयो । पीडित परिवारलाई आफुहरुले २५ लाख रुपैयाँ दिएर घटना मिलापत्र गरेको भन्दै स्कुल पक्षले अभिभावकहरुमा फैलाएको हल्ला पनि निराधार र झुटो रहेकोले सो स्कुलमा विद्यार्थी पढाउने अभिभावकहरुलाई सचेत हुने वडाअध्यक्ष साहले आग्रह गर्नुभयो ।

सो स्कुलमा धनुषाका मात्रै सयौंको संख्यामा होस्टेलमा बसेर विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य