स्वागतम खबर
जनकपुरधाम, कार्तिक २ ।
मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे प्रदेश स्तरीय वार्षिक समिक्षा गाेष्ठी सुरु भएकाे छ । स्वास्थ्य निर्देशनालय सपही मधेश प्रदेशकाे आयाेजनामा भईरहेकाे समिक्षा गाेष्ठीमा गत आवमा सम्पादिक स्वास्थ्य कार्यक्रमहरुमाथि छलफल भईरहेकाे छ ।
स्वास्थ्य निर्देशक राजिव कुमार झाकाे अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन महताे काेईरीकाे प्रमुख आतिथ्यमा भईरहेकाे समिक्षा गाेष्ठी तीनदिनसम्म चल्ने निर्देशनालयले जनाएकाे छ ।
गाेष्ठीमा गत आवमा भएकाे प्रगति, देखिएकाे समस्या, विभिन्न राेग तथा खाेप आदिमा जिल्लागत समेत छलफल हुने बताईएकाे छ ।