स्वागतम खबर
जनकपुरधाम, कार्तिक ३ ।
मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचार प्रसार गर्ने उद्देश्यले कार्तिक ३ गते शनिवार जनकपुरधाममा युवाहरुले धोती कुर्ता तथा साड़ी लगाएर प्रदर्शनी गरेका छन् ।
पछिल्लो समय युवाहरुमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति लगाव घट्दै गईरहेकाले यसलाई आफ्ना संस्कृति र पहिरनलाई बचाउने उद्देश्य सहित युवाहरुले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा धोर्तीकुर्ता तथा साड़ी लगाएर प्रदर्शनी गरेका छन् ।
धोती कुर्ता तथा साड़ी लगाएका सयौं युवायुवतीले जानकी मन्दिरमा प्रदर्शनी गरेको धनुषा मिथिला नगरपालिका ५ का युवा वकिल महतोले जानकारी दिनुभयो ।
विगत छेही वर्षदेखि प्रत्येक छठ पर्वमा आफ्नो पहिचान प्रति सजग युवाहरुले धोतीकुर्ता, पाग, पगड़ी, गम्छा लगाएर छठ घाटमा जाने अभियान चलाउँदै आएको उहाँले भन्नुभयो, –“यस वर्षको छठ पर्वमा पनि आफ्नै पहिरन पुरुषलाई धोतीकुर्ता, गम्छा र महिलालाई साडी लगाएर घाटमा जान आग्रह गर्दछु ।”
‘चलु चलैछी डेग बढाक, एक डेग अपन संस्कृतिक लेल, जानकी मन्दिरमे अप्पन मुल पहिरन धोती कुर्ता आ गमछामे’
आफ्नो संस्कृति र पहिरन आफैले जोगाउनु पर्छ भन्दै आफुहरुले अभियान स्वरुप नै अगाडि बढेको अर्का युवा मोहन महतोले बताउनुभयो । मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुरुरुले नै जोगाउनु पर्छ भन्ने उद्देश्यले आफूहरुले आज यो प्रदर्शनी गरेको महतोको भनाइ । उहाँले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आईरहेको र अभियान अन्तर्गत यस वर्ष यहि कार्तिक २२ गते हुने छठ पर्वको घाटमा आफ्नै पहिरन धोती कुर्ता, गम्छा र साडीमा सजिएर सहभागी हुने उहाँले आग्रह गर्नुभयो ।
केही तस्वीरहरु