स्वागतम खबर
ढल्केवर, मंसिर १६ ।
धनुषाको मिथिला नगरपालिकामा आइतबार विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि शिक्षा समूह गठन गरिएको छ । आपतकालिन् समयमा बालबालिकाको सिकाइ निरन्तरताको लागि पूर्वतयारी तथा समन्वयात्मक प्रतिकार्यका गर्ने उद्देश्यसहित गठन गरिएको शिक्षा समूहको संयोजकमा मिथिला नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीलाई तोकिएको छ ।
यस्तै सो समूहको सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत अशोककुमार भण्डारी, स्वास्थ्य शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिबाट एकजना, सामुदायिक विद्यालयका प्राधानाध्यापकबाट दुई जना, संस्थागत विद्यालयबाट एक जना, नेपाल रेडक्रसबाट एक जना स्थानीय प्रतिनिधी, अन्तरसरकारी निकायबाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक, राष्ट्रिय अपाङ्ग महासंघबाट एक जना, पत्रकार महासंघबाट एकजना, स्थानीय गैरसरकारी संस्थाका दुईजनालाई चयन गरिएको छ । यस्तै समूहको सदस्य सचिवको रुपमा नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता कुमारी काफ्ले तोकिएको छ । समूहमा संयोजकले मनोनित गर्न बाँकी रहेको सदस्यहरु चाँडै तोक्ने उप प्रमुख बुढाथोकीले बताउनुभयो ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि शिक्षा समूह (गठन तथा संचालन) निर्देशिका २०८० बमोजिम गठन गरिएको छ । समुह गठन कार्यलाई गैर सरकारी संस्था पिपोल प्रमोट सेन्टरका शिक्षा विज्ञ सितेश तिवारीले सहजीकरण गर्नुभएको थियो ।