स्वागतम खबर
ढल्केवर, मंसिर १६ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज सातौं दिन धनुषाको मिथिला नगरपालिकाले जनचेतना मूकल कार्यक्रम गरी विश्व एड्स दिवस मनाएको छ । “अधिकारको बाटो लिनुहोस, मेरो स्वास्थ्य, मेरो अधिकार” मुल राष्ट्रिय नाराका साथ ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयको सभाहलमा विद्यार्थीहबीच अन्तरक्रिया गर्दै दविस मनाइएको हो ।
२५ डिसेम्वरदेखि सुरुवात भएको अभियान अन्तर्गत नगरपालिकाको विविध कार्यक्रम गर्दै आएको छ । लैङ्गिक हिंसा अन्त्यका लागि अभियान अन्तर्गत १६ दिनसम्म विविध जागरण र जनचेतना मूलक कार्यक्रम गर्ने योजना रहेको मिथिला नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको प्रमुख शिलाकुमारी महतोले जानकारी दिनुभयो ।
सो कार्यक्रममा मिथिला नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकी, मिथिला नगरपालिकाका वडा नं. ७ का वडाअध्यक्ष एवं प्रवक्ता रामबहादुर स्यांगदन, वडा नं. ६ का नन्दकिशोर यादव, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक जटाशंकर यादव लगायतले आ–आफ्नो मन्तव्य राख्नुभयो । कार्यक्रमलाई ढल्केवर हेल्थ पोष्टका स्वास्थ्यकर्मी जितेन्द्र कुमार सिंहले एड्स रोगका बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मिथिला नगरपालिकाका बालविकास सहजकर्ता बविता खड्का, मिथिला नगर पत्रकार संजाका अध्यक्ष तथा समाज उत्थान युवा केन्द्रका विनोद महतो लगायत शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।