स्वागतम खबर
महेन्द्रनगर, मंसिर १६ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेका छन् । नगरपालिकाका स्वास्थ्य कर्मचारीहरुले तलब भत्ता नदिएको भन्दै अननिश्चितकालिन धर्नामा बसेका छन् । गत श्रावणदेखि नै कार्तिक मसान्तसम्मको तलब भत्ता नदिएको भन्दै कर्मचारीहरुले अनिश्चितकालिन धर्नामा बसेका छन् ।
विभिन्न चरणमा आन्दोलन गर्दै आएका क्षीरेश्वनाथ नगरपालिकाकाका कर्मचारीहरुले यहाँका जनप्रतिनीधिहरु नगरसभा नभएको हबाला दिँदै तलबभत्ता रोकेपछि आईतबारदेखि अनिश्चितकालिन धर्नामा बसेर आन्दोलन चर्काएका हुन् ।
यसअभि नै तलबभत्ताको लागि नगर प्रमखुसहित विभिन्न वडाका वडाध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएपनि कुनै प्रकारको कारवाही नगरेको भन्दै बाध्य भएर आन्दोलनमा जानु परेको कर्मचारीहरु बताउँछन् ।
जनप्रतिनीधिहरुको आन्तरिक किचलोको कारण क्षीरेश्वरनाथ नगरपालिकामा बजेट पारित नहुँदा कर्मचारीहरु भोकै बस्न बाध्य भएपछि आन्दोलनमा उत्रेका हुन् । माग पुरा नभएसम्म आन्दोलन नरोकिने कर्मचारीहरुले जनाएका छन् ।