स्वागतम खबर
महेन्द्रनगर, पुस ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्वरपुर संचालित श्री रामलखन कृषि सहकारी संस्था लि.कोे १३औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । श्री रामलखन कृषि सहकारी संस्था लि.का अध्यक्ष विजयकुमार महतोको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिका–८ का वडाअध्यक्ष मोदकुमार महतो मोदीको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको छ ।
उक्त साधारणसभाबाट संस्थाकाे नयाँ संचालक समिति सर्वसम्मतिले चयन गरिएकाे छ । संस्थाकाे नयाँ संचालक समितिकाे अध्यक्षमा पुन: विजयकुमार महताेलाई चयन गरिएकाे छ । यस्तै संस्थाकाे उपाध्यक्षमा पुनमकुमारी महताे, सचिवमा विजयकुमार साह राैनियार, काेषाध्यक्षमा महाविर साहलाई चयन गरिएकाे संस्थाका व्यवस्थापक राजेशप्रसाद सिंहले बताउनुभयाे ।
यसैगरी संस्थाकाे संचालक समितिका सदस्यहरुमा ईन्द्रकुमारी महताे, सुनिताकुमारी सिंह, प्रभाकर सिंहलाई चयन गरिएकाे छ ।
यता संस्थाकाे लेखा समितिकाे संयाेजकमा गाेविन्द प्रसाद प्रभाकर र सदस्यमा आनन्द कुमार महताे तथा रितादेवी साहलाई चयन गरेकाे छ । साधारणसभाले संस्थाकाे ऋण उप समितिकाे संयाेजकमा संजिवकुमार सिंह, सदस्यमा कमलेश कुमार महताे र राजेशप्रसाद सिंहलाई चयन गरेकाे जनाएकाे छ ।