स्वागतम खबर
ढल्केवर, पुस
अपाङ्गगता भएका व्यक्तिहरुका सवाल तथा समस्या पहिचानका लागि राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेश समितिले मिथिला नगरपालिकाका जनप्रतिनिधी एवं शाखा प्रमुख एवं कर्मचारीहरुसँग समन्वय बैठक गर्दै छलफल गरेको छ । नगर उप प्रमुख सुनितासिंह बुढाथोकीको अध्यक्षतामा भएको उक्त बैठकले मिथिला नगरपालिकामा अपाङ्गगता भएका व्यक्तिहरुका सवाल तथा समस्या पहिचानका लागि उप प्रमुख, वडाअध्यक्ष, शाखा प्रमुख एवं वडासचिवहरुसँग छलफल गरेको नगर अपाङ्गगता पैरवी समूहका संयोजक दिपिका लामाले बताउनुभयो ।
बैठकले मिथिला नगरपालिकाभरिमा अपाङ्गगता भएका व्यक्तिहरुका समस्या पहिचान गर्ने र उनीहरुको प्रमुख सवालहरुलाई प्राथमिकताका साथ पालिकाको नीति तथा कार्यक्रममा समावेश कार्यान्वयन गर्दै जाने उप प्रमुख बुढाथोकीले बताउनुभयो । वडा र टोल तहस्तरबाटै बन्ने नीति तथा कार्यक्रम र योजनाहरुमा समेत अपाङ्गगता भएका व्यक्तिहरुलाई सहभागिताका लागि उहाँले आग्रह गर्नुभयो । नगरपालिकामा भएका सार्वजनिक कार्यालयहरु अपाङ्गगतामैत्री नभएकोले अब अगामी दिनमा बन्ने भौतिक संरचना समेत अपाङ्गगता मैत्री बनाउन गम्भीर भएर सबैले लाग्नुपर्ने उप प्रमुख बुढाथोकीको भनाई थियो । बैठकमा सहभागीहरुले अपाङ्गगता भएका व्यक्तिहरुका लागि संविधान र ऐन कानुनमा उल्लेख भएका हकअधिकार स्थापित गर्न कानुन कार्यान्वय र शिक्षामा पहुँच अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत अशोककुमार भण्डारी, वडा नं. १ का वडाअध्यक्ष जोगी महतो, ४ का चन्द्रबहादुर बुलन, ५ का वडाअध्यक्ष रामचन्द्र महतो, ६ का वडाअध्यक्ष नन्दकिशोर यादव र वडा नंं. ७ का वडाअध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामबहादुर स्यांगदन, वडा नं. ९ का अध्यक्ष दिपकजंग थापा, ११ का अध्यक्ष वेदबहादुर कार्की लगायत शाखा, प्रमुख, कर्मचारी, वडासचिवहरुलगायत पैरवी समूहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मिथिला नगरपालिकामा नगर स्तरीय अपाङ्गता पैरवी समूहले यसअघि आफ्ना विभिन्न मागहरु कार्यान्वयनको लागि १३ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाइसकेको छ । अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी (ऋच्एम्) २००६, नेपालको संविधान २०७२, अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४, नियमावली २०७७, अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ र अपाङ्गता अधिकार प्रर्वदन सम्बन्धि सर्वोच्च अदालतका विभिन्न मितिमा भएका फैसला कार्यान्वयका लागि मिथिला नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाइ सकेको मिथिला नगरपालिका स्तरीय अपाङ्गता पैरवी समूहका संयोजक लामाले जानकारी दिनुभयो ।
नगरपालिका भित्र रहेका अपाङगता भएका ब्यक्तिहरुको खण्डीकृत तथ्यांक संकलन गर्न, नगरपालिकामा हुने हरेक गतिविधिमा अपाङ्गता भएको व्यक्तिहरुलाई समावेश गराउन, नगरपालिका÷वडालाइ अपाङ्गता भएको व्यक्तिहरुको लागि बजेट छुट्याउन, अपाङ्गता भएका व्यक्तिहरुको लागि निः शुल्क सहायक सामग्री उपलब्ध गराउन, नगरपालिकामा रहेका बहिरा, सुस्त श्रवन बालबालिका, महिला, व्यक्तिहरुले संचारमा सहज पहँुच सुनिश्चित गर्नको लागि सांकेतिक भाषाको तालिम संचालन र दोभाषे राख्न, नगरपालिका भित्र रहेका भौतिक संरचनाहरु निर्माण गर्दा अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ लाई पालना गर्न लगायत विभिन्न माग सहित ध्यानाकर्ष पत्र बुझाई सकेकोले अब पालिकासँग समन्वय गर्दै उक्त मागहरु कार्यान्वयका लागि संघर्षरत रहेको समूहका फोकल पर्सन उपेन्द्र राउतले जानकारी दिनुभयो ।