स्वागतम खबर
ढल्केवर, पुस ६ ।
“विश्वव्यापी सद्भावको लागि आन्तरिक शान्ति” मुल नाराका साथ शनिवार पहिलो विश्व ध्यान दिवस धनुषाको मिथिला नगरपालिका मनाइएको छ । मिथिला नगरपालिकाको सहजीकरण तथा मिथिला पतञ्जली आरोग्य योग साधना केन्द्र जनुनिवासको आयोजनामा दिवस मनाइएको छ ।
मिथिला नगरपालिकाको ढल्केवरमा विभिन्न सन्देशमूलक प्ले कार्ड सहित रैली गर्दै गोल पार्कमा योग, ध्यान गर्दै दिवस मनाइएको छ । साधना केन्द्रका अध्यक्ष रामसेवक यादवको अध्यक्षता तथा मिथिला नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा पहिलो विश्व ध्यान दिवस मनाइएको छ । सो अवसरमा सहभागीहरुले पार्कमा योग र ध्यान समेत गरिएको केन्द्रले जनाएको छ ।
सो अवसरमा मिथिला नगरपालिकाका जनप्रतिनिधी, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी, नागरिक समाज, महिला अधिकार मञ्चका पदाधिकारी, योग, साधक लगायतको सहभागिता रहेको थियो ।