स्वागतम खबर
महेन्द्रनगर, पुस १० ।
धनुषाकाे मिथिला नगरपालिका ३ हरिहरपुरमा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधवार साँझ शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा शव फेला परेकाे हाे । स्थानीय दशैया मुखिया बिनको ४८ वर्षीया श्रीमति रेशमी देवी मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएकाे छ ।
उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो। मंगलवार देखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको स्थानीयले बताएका छन् ।
यता घटना स्थलमा पुगेकाे प्रहरी टाेली घटनाका प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ।
रेशमीलाई उनकै आफनै श्रीमान दशैया मुखियाले हत्या गरेर गाडेको आशंका गरिएको पछि अनुसन्धानको लागि मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।