स्वागतम खबर
ढल्केवर, पुस ११ ।
धनुषाको मिथिला नगरपालिका –२ नक्टाझिजको पर्तिटोलस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई विहिवार न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व डिएसपी शम्भुप्रसाद ढकालको पहलमा एकजना आफन्त पर्ने दाताको सहयोगमा छात्रछात्राहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।
अध्यक्ष ढकालका बहिनी गिता र ज्वाई शम्भुहरि देवकोटाका छोरा माल्दिभ्स बस्दै आएका डक्टर श्रीकृष्ण देवकोटाले घर आएको बेला सो विद्यालयका छात्रछात्राहरुलाई जाडोमा न्यानो कपडा ट्रयाकसुट उपलब्ध गराउने वाचा गरेका थिए । भान्जा घर आएको बेला विद्यालय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने योजना सुनाएपछि भान्जाले नै आफुले पनि सेवा गर्ने अवसर पाएको भन्दै करिव ८१ हजार २ सय ५० रुपैयाँ बराबरको ट्रयाकसुट उपलब्ध गराएको अध्यक्ष ढकालले बताउनुभयो ।
सो राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १ सय २५ जना छात्रछात्राहरुलाई छात्रछात्राहरुलाई ट्रयाकसुट वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष ढकालको अध्यक्षतामा छात्रछात्राहरुलाई भएको ट्रयाकसुट वितरण कार्यक्रममा मिथिला नगरपालिका २ का जनप्रतिनिधी वडासदस्य जोगी महतो, महिला वडा सदस्य सावित्रीदेवी महतो कुशवाहा, कौशल्या महरा, वडासचिव मिलमदेवी श्रीवास्तव, स्थानीय मदन ढकाल लगायत विद्यालय व्यवस्थापन समितिको पदाधिकारी, अभिभावक, शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको विद्यालयका प्राधानाध्यापक हरिकुमार महतोले बताउनुभयो ।