स्वागतम खबर
महेन्द्रनगरफ माघ ९ ।
धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरस्थित पाेखरीमा आज विहान एक पुरुषकाे शव फेला परेकाे छ । स्थानीय गगनदेव महराकाे करिव २१ वर्षीय छाेरा आँसु महराकाे शव पाेखरीमा तैरिरहेकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । पाेखरीबाट शव निकालेर पाेष्टमार्टमका लागि पठाएकाे र थप छानविन भईरहेकाे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ ।
स्थानीयले दिएकाे जानकारी अनुसार चारपाँच दिनदेखि हराईरहेका महराकाे शव दिगम्वरपुर मा.वि. स्कुल नजिकै रहेकाे पाेखरीमा फेला परेकाे हाे । विहान पाेखरीमा शव तैरी रहेकाे देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेकाे थियाे ।