Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

धनुषामा माघ २३ गतेदेखि एच.पि.भी. खोप अभियान, विद्यालयमै पुगेर लक्षित छात्रालाई खोप लगाइने

स्वागतम् खबर स्वागतम् खबर
४ महिना अगाडि
धनुषामा माघ २३ गतेदेखि एच.पि.भी. खोप अभियान, विद्यालयमै पुगेर लक्षित छात्रालाई खोप लगाइने

स्वागतम खबर
ढल्केवर, माघ १३ ।

मिथिला नगरपालिका सहित धनुषा जिल्लामा यहि माघ २३ गतेदेखि एच.पि.भी. (Human Papillomavirus) खोप अभियान २०८१ सुरु हुने भएको छ । आइतबार धनुषाको मिथिला नगरपालिकामा नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको सो खोप अभियानबारे जानकारी गराउन पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम गरिएको छ । अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले अभियानको क्रममा लक्षित छात्राहरु नछुट्ने गरी नगरपालिकामा खोप अभियान संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन गर्नुभयो ।


अभिमुखिकरणलाई सहजीकरण गर्दै स्वास्थ्य कार्यालय धनुषाका सिअहेब शिवजी दासले जिल्लामा एच.पी.भी. (Human Papillomavirus) खोप अभियान माघ २३ गतेदेखि फाल्गुन ६ गतेसम्म अभियान संचालन गरिने जानकारी दिनुभयो । यद्यपी देशैभरि क्यान्सर दिवसको उपलक्ष्यमा माघ २२ गतेदेखि अभियान सुरुवात हुने र फाल्गुन ६ गतेसम्म चल्ने उहाँले बताउनुभयो । मिथिला नगरपालिकामा समेत माघ २३ गतेदेखि नै खोप अभियान संचालन हुने खोप अभियानको उद्देश्य अनुसार लक्षित वर्गलाई नछुट्ने गरी खोप लगाउन उहाँले आग्रह गर्नुभयो ।


अभिमुखिकरण कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारीले एच.पी.भी. खोपको मुख्य उद्देश्य एच.पी.भी. भाइरसको संक्रमणबाट जोगाउने र त्यसको परिणामस्वरूप हुने क्यान्सर र अन्य स्वास्थ्य समस्याबाट बचाउनु रहेको बताउनुभयो । एच.पी.भी. खोपले विशेष गरी गर्भाशयको क्यान्सर, गुदा क्यान्सर र यौन जन्य क्यान्सरको जोखिम कम गर्न प्रभावकारी रहेकोले बताउनुभयो ।
यो खोप अभियान माघ २३ गतेदेखि ५ गतेसम्म विद्यालयमा संचालन गरिने र त्यसपछि एकदिन स्वास्थ्य चौकीमा संचालन गरिने योजना रहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो । एच.पि.भी. खोप लक्षित उमेर बाहेक अन्य व्यक्तिहरु, गर्भवती महिला, पहिले कुनै खोप लगाउँदा विगतमा देखिएको गम्भीर एलर्जी भएकोलाई लगाउन नमिल्ने पनि उहाँ बताउनुभयो । महिलाको गर्भाशयको क्यान्सर (Human Papillomavirus) को जोखिमलाई घटाउन मद्दत पुग्याउने भएकोले सरकारले यो खोप अभियान संचालन गर्न लागिएको उहाँको भनाइ छ ।
सो अभिमुखिकरणमा मिथिला नगरपालिका जनप्रनिनिधी र स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


खोप लगाउने लक्षित वर्ग
पाठेघरको मुखको क्यान्सर, गर्भाशयको क्यान्सरको कारणले हरेक वर्ष नेपालमा सयौं महिलाको मृत्यु हुने गरेकाले सो जोखिमलाई रोक्न एच.पी.भी. एकदमै प्रभावकारी र सुरक्षित रहेको छ । यो खोप अभियानमा ९ देखि १४ वर्षका बालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
नियमित एच.पि.भी खोप लगाउने लक्षित समूहमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरु रहेका छन् भने अभियानको लक्षित समूहमा विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीहरु रहेका छन् । अभियानमा सिकोलिन खोप उलब्ध हुने र यसले एच.पि.भी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने काम गर्दछ ।
पछिल्लो एक अध्ययन अनुसार यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ र विगतमा एक मात्रा एच.पि.भी खोप लगाएका किशोरीहरुले अर्को मात्रा लगाउन नपर्ने खोप विज्ञहरुको कथन छ । एकदमै मंहगो पर्ने यो खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको छ ।
स्वास्थ्यकर्मीहरुरुका अनुसार एच.पि.भी. (Human Papillomavirus) एक प्रकारको भाइरस हो, जसले पाठेघरको मुखको क्यान्सर, यौन अंगका क्यान्सर संक्रमण लगायत विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यो भाइरस प्रायः यौन सम्पर्क मार्फत फैलिन्छ र त्यसको कारणले महिलामा पाठेघरको मुखको क्यान्सरको खतरा बढी हुन्छ । एच.पि.भी. संक्रमणको उपचार सम्भव छैन, तर यसको रोकथाम गर्नका लागि एच.पी.भी. (Human Papillomavirus) खोप पूर्ण प्रभावकारी रहेको खोप विज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य