Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रदेश नीति छिट्टै आउने : मन्त्री जयसवाल

स्वागतम् खबर स्वागतम् खबर
४ महिना अगाडि
अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रदेश नीति छिट्टै आउने : मन्त्री जयसवाल

स्वागतम खबर
जनकपुरधाम, फाल्गुन २ ।

अपाङ्गता भएका व्यक्ति सम्बन्धी मधेश प्रदेशस्तरीय नीति छिट्टै ल्याउने गृहकार्यमा लागि परेको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बताउनुभएको छ । अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति अनुरुप कार्य गर्न मधेश प्रदेश सरकार गम्भीर रहेको र छिट्टै नै अपाङ्गता भएका व्यक्ति सम्बन्धी मधेश प्रदेशस्तरीय नीति ल्याउने मन्त्री जयसवालले बताउनुभयो ।

यूएनडिपीसँगकाे सहकार्यमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालकाे आयाेजनामा शुक्रबार जनकपुरधाममा भएकाे अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० का बारेमा प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले यहि फाल्गुन मसान्तभित्र प्रदेशस्तरीय अपाङ्गता निर्देशक समिति गठन गर्ने तयारी भईरहेको जानकारी समेत दिनुभयो । प्रदेश सरकारका मन्त्रालयहरुमा सेवा लिन आउँदा अपाङ्गता भएका व्यक्तिहरुलाई हुने गरेको समस्यालाई मध्यनजर गर्दै दोभाषेको पनि व्यवस्थापनमा आफु लागि परेकोले चाँडै दोभाषेको व्यवस्थापन हुने विश्वास दिलाउनुभयो ।
प्रदेश सरकार अपाङ्गता सम्बन्धी सूचना लिन सर्वेक्षण एप ल्याउने योजनामा रहेको बताउँदै मन्त्री जयवालले सो एप मार्फत अपाङ्गता भएका व्यक्तिहरुको सूचना संकलन गरी समस्या पहिचान गर्ने र क्षमता अनुसार उनीहरुलाई जीवन सहजताका लागि आय आर्जन मूलक कार्यक्रममा जोड्ने योजनामा आफु लागि परेको उल्लेख गर्नुृभयो ।
कार्यक्रममा सहभागी अपाङ्गताका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरुले अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रदेशस्तरीय नीति समेत बनाउन नसकेको भन्दै मधेश प्रदेश सरकारलाई चाँडै अपाङ्गता सम्बन्धी रणनीति बनाएर कार्यान्वयनमा आग्रह गरेका छन् । कार्यक्रममा सहभागी ग्रामिण अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष जयप्रकाश ठाकुरले अपाङ्गता सम्बन्धी रणनीति बनाउनमा अन्य प्रदेशको तुलनामा मधेश प्रदेश निकै पछि रहेकाले चाँडै अपाङ्गता सम्बन्धी रणनीति बनाएर कार्यान्वयमा ल्याउन माग गर्नुभयो । अपाङ्गता रणनीतिको अभावमा आफुहरुलाई सेवा लिन असहज भएको, कसैले कुनै कुरा सुन्न नचाहेको, निजामती सेवा प्रवेशमा समस्या भएको, शिक्षाबाट समेत बञ्चित हुनु परेको ठाकुरको गुनासो थियो ।


सो कार्यक्रममा सहभागी अपाङ्गता समाज जनकपुरका उपेन्द्र राउतले जसको सवाल उसैको नेतृत्व हुने व्यवस्था कार्यान्वयका लागि मन्त्री जयसवालालई ध्यानाकर्षण गराउनुभयो । अपाङ्गताका लागि आएको बजेट, सेवा सुविधा र सामग्री अन्य क्षेत्रमा दुरुपयोग हुने क्रम रहेकाले लक्षित वर्गमा मात्र योजना र बजेट परिचालन गर्नुपर्ने र ख, ग, घ वर्गका अपाङ्गतालाई मधेश सरकारबाट निःशुल्क विमाको व्यवस्था गरिदिन समेत सहभागीहरुले आग्रह गरेका छन् ।
बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (PFPID Nepal)को उपाध्यक्ष शिला थापाको अध्यक्षता तथा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा भएको सो अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव जयकुमार घिमिरे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा अधिकृत सुष्मिता शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत सुनिल थापा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका व्यवस्थापक प्रकाश नेपाली लगायत अपाङ्गताका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (PFPID Nepal) को उपाध्यक्ष शिला थापाले कार्यक्रमको उद्देश्य सहित बौद्धिक अपाङ्गताका विषयमा प्रष्ट पार्नुभयो । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार संरक्षण र सम्वद्र्धनका लागि वि.सं. २०६८ सालदेखि कार्य गर्दै आएको उपाध्यक्ष थापाले बताउनुभयो । बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुले संचालन गरेका बौद्धिक अपाङ्गताका अभिभावक महासंघमा ५९ जिल्लाका सदस्य संस्था र सञ्जाल आबद्ध रहेको उहाँ जानकारी दिनुभयो ।


सो प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० बारेमा दृष्टि सम्बन्धी अपाङ्गता भएकी सरिता लामिछानेले प्रस्तुतिकरण गर्नुभएको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका कर्मचारी रुषा कार्कीले जानकारी दिनुभयो ।
अन्य व्यक्तिको तुलनामा उमेर अनुसार सिकाई तथा बौद्धिक विकासमा ढिला हुने अवस्था बौद्धिक अपाङ्गता हो ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य