स्वागतम खबर
जनकपुरधाम, फाल्गुन ८ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई डिजिटल नक्सा सहितको शहरी डाटा पोर्टल विहिवार हस्तान्तरण गरिएको छ । स्मार्टसिटीको अवधारणा अनुरुप तयार पारिएको डिजिटल नक्सा सहितको शहरी डाटा पोर्टल जनकपुरधाम उपमहानगरपालिकाका उप प्रमुख किशोरी साहलाई हस्तान्तरण गरिएको छ ।
“विकासका लागि शहरी सूचना” मूल नाराका साथ उपमहानगरपालिकाका लागि विकास गरिएको डि म्याप प्रणालीको अन्तिम कार्यशाला कार्यक्रम मार्फत उपमहानगरपालिकाका उप प्रमुख साहलाई हस्तान्तरण गरिएको डिजिटल नक्सा सहितको मmबउक।वबलबपउगचmगल।नयख।लउ शहरी डाटा पोर्टलमा पालिकाको घर संख्या, बाटोघाटो, नक्सा आदि हेर्न मिल्ने बताइएको छ । डिजिटल नक्सा सहितको शहरी डाटा पोर्टल बुझ्दै उप प्रमुख साहले यसलाई चाँडै कार्यान्वयमा ल्याउन प्रयास गर्ने बताउनुभयो ।
युके इन्टरनेशनल डेभेलपमेन्ट र द एसिया फाउण्डेशनको सहयोगमा उपमहानगरपालिकासँगको सहकार्यमा डाटा फोर डेभेलपमेन्टले सर्वेक्षण गरी तयार गरेको डि म्याप प्रणालीको विस्तृत जानकारी गराउँदै यसका लागि कार्य सुरु गरिएको देखि लिएर अन्तिमसम्मको सम्पूर्ण चरणको बारेमा कार्यशालामा जानकारी गराइएको छ । कार्यशालामा जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा प्रविधी एंव नक्सा शाखाका प्रमुखलगायतका कर्मचारीहरुलाई डि म्याप प्रणालीको संचालन तथा नियमित रुपमा डाटा अपडेट गर्ने तरिका, निर्माण तथा सर्वेक्षण गर्ने तरिका विषयमा जानकारी गराइएको द एसिया फाउण्डेशनका लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।
सो अन्तिम कार्यशालामा डाटा फोर डेभेलपमेन्टका सिभिल ईन्जिनियर एंव प्राविधिकहरुले सहभागीहरुलाई डि म्याप प्रणालीबारेका परियोजना अवलोकन, प्रदर्शन, परियोजनाको उपयोगका क्षेत्रहरु तथा परियोजनाबाट सिकेका पाठहरु र सफ्टवेयरमा भविष्यमा कार्यान्वय गर्न सक्ने थप सुविधाको बारेमा सहजीकरण गरेका थिए ।
ड्रोन प्रविधिको प्रयोगद्धारा सम्पूर्ण पालिकाको वास्तविक र अपडेट डाटाबेस तयारी गरीरुपमा जिआइएस मा आधारित भई तयार गरिएको डि म्याप पोर्टलले पालिकालाई भवन, सडक तथा अन्य डाटा संकलन गरी पूर्ण रुपमा डाटाबेस तयार गर्न सहयोग शहरी डाटा पोर्टलको पुग्ने छ भने यसले कार्यालयमै बसेर घरको नक्सा, बाटोघाटो, घर नम्बर समेत दिने गरी प्रणालीको विकास गरिएको डाटा फोर डेभेलपमेन्टका सिभिल ईन्जिनियर कुन्दन थापाले बताउनुभयो ।
घरको ठेगाना प्रणाली विकास तथा कार्यान्वय गर्ने मुख्य उद्देश्य सहित तयार पारिएको डि म्याप पोर्टलले भविष्यमा उपमहानगरपालिकालाई राजस्व संकलनमा समेट टेवा पुग्याउने उहाँले जानकारी दिनुभयो । यता कार्यशालामा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका नक्सा शाखा प्रमुख ईन्जिनियर ऋषिकेश साहले डि म्यापले कार्य सहज हुने र फिल्डमै गएर भौतिक रुपमै सर्वे गर्नुपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने बताउनुभयो । पालिकालाई स्मार्ट सिटी बनाउन यो म्याप एकदमै युजफुल रहेको र कार्यालयमै बसेर सबैथोक हेर्न मिल्ने तथा नक्सामा पनि सजिलो हुने उहाँको कथन थियो ।
जनकपुरधाम उपमहानरपालिकाको २५ वटै वडामा युके इन्टरनेशनल डेभेलपमेन्ट र द एसिया फाउण्डेशनको सहयोगमा उपमहानगरपालिकासँगको सहकार्यमा डाटा फोर डेभेलपमेन्टले संचालन गरेको सो परियोजना अन्तर्गत एक हजार सडक पत्ता लगाई नामाकरण गरिएको, ५३ हजार घरमा सर्वेक्षण गरेको, नम्बर दिन आवश्यक ४५ हजार घर पत्ता लगाई डि म्यापमा राखिएको परियोजनाका पारस साहले जानकारी दिनुभयो । उहाँका अनुसार यो पोर्टल जनकपुरधाम उपमहानगरपालिकाले लागु गर्यो भने ललितपुर महानगरपालिकापछि यो दोस्रो हुनेछ । ललितपुर महानगरपालिकाल देशमै डि म्याप लागु गर्ने पहिलो पालिका हो ।