स्वागतम खबर
महेन्द्रनगर, फाल्गुन ११ ।
प्रेस सेन्टर नेपाल मधेश प्रदेशको पाँचौ अधिवेशनको बन्दसत्रबाट अध्यक्षमा निरज पिठाकोठी चयन भएका छन् । शनिबार बर्दिबासमा सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौ प्रदेश अधिवेशनबाट पर्साका पत्रकार पिठाकोटी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै सेन्टरको वरिष्ठ उपाध्यक्षमा सप्तरीका गोपाल प्रसाद गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकवाल महरा, महासचिवमा सिरहाका जिवछ उदासी चयन भएका छन् भने सचिवहरुमा धनुषाका विनोदकुमार महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दिपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन् । सेन्टरको कोषाध्यक्षमा महोत्तरीका निरञ्जनसाहलाई चयन गरिएको हो ।
यता अधिवेशनबाटै सेन्टरका सदस्यहरुमा धनुषाका प्रतिभा झा, सिरहाका रामनारायण ठाकुर र अनुमन्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीका ईशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता रहेको प्रेस सेन्टरका मधेश इन्चार्ज समेत रहेका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो । पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिने बताइएको छ ।
यसअघि सेन्टरका मधेश प्रदेशका अध्यक्ष किरण कर्णको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।