नारी दिवस (२०८१)
आएँ थें जब यो धरातलमा रुँदै र आवाज दिदैँ
चिनारी दियौ है जननी मलाई जैविताको आड लिँदै
खुम्च्याउनु परो हेआमा जननी भारी भयो यो मन
हेरचाहमा पनि कमी हुनगैइ विकासमा बाधा झन ।।
अर्काको घर जाने जात पनि बनी पाइएन पौष्टिक खान
टिकालाए सरी घरका कामले दिएनौ कुल जान ।।
अयोग्य,असक्षम, अग्यानी बनाई नारी चिनार दियौं
सामाजिक परिबन्धका नाममा अस्तिव सम्पिुम्पिलियौ ।
जन्मघर त नहुने आफ्नो पराईलाई सम्पिुम्पिदियौ ।
अवला बनाई हामी नारीलाई असंख्य पीडा दियौ ।
नत गर्भमा नत धरति मा कहिं नहुने सेफ ,
अन्याय,अत्याचार, हत्याहिंसासँगै हुनपुर्ने त्यो रेप ।।
सडकदेखि सदनसम्मा पारेपछि सिकार
नारीको अपमान कति सहने हो भएपछि धिकार ।।
कार्यस्थय, कर्मस्थल, जहाँपनि हुने नारी सधैं तिरस्कार,
आधा अंगलाई अपांग बनाई खोजेर हुन्न विकास ।।
नारी हुन जननी यो धरतिकी आधा हिसाकी जन
नारी हुन सहनसील, उर्जा हुन देशकी बुझ्ने सबले बन ।
उचित स्याहार , सुसार शिक्षा र दिक्षामा पाएमा अवसर,
लैंगिकता हटाई नारी र पुरुषमा ठानेमा बराबर ।।
बालविवाह, दाइजो घुटो र बेचबिखन विरुद्धमा उत्रिए ,
मध्यपान, धूम्रपान सेवनमा नफसी सबैपुरुष सुध्रिए ।
हाँक्नेछन सहजै देश नारीले उचित नेतृव पाए,
अवनति सब दुर भैजानेछन सहजै नारीलाई अघि लाए ।।
सह अस्तिव, सह सम्बन्ध, समवय तथा सहयोग पाइएमा,
सदचार, सशक्तीकरण गरि सचेतना फैलाएमा
अहो ! साच्चै नै अपार क्षमता रहेछ महाँ मानव नारीमा
त्यागी दियौं विभेद सहजै सबले बुझी दियौं स्वजन ।।
सीता काफ्ले, बर्दिबास,महोत्तरी ।