स्वागतम खबर
राजविराज, फाल्गुन २५ ।
कर छुट सम्बन्धी जानकारी दिने उदेश्यले करदाता सेवा कार्यालय राजविराजले शनिबार सप्तरीको हनुमाननगर बजारमा कर शिविर सम्पन्न गरेको छ । आर्थिक ऐन, २०८१ ले दिएको कर सम्बन्धी छुटलाई लक्षित गरी कार्यालयले शनिबार विदाको दिनपारी कर शिविर सम्पन्न गरेको हो ।
कर शिविरमा कर छुट सम्बन्धी जानकारी दिने, साना प्रोप्राइटरसिप करदाताले लिखित रुपमा घोषणा गरेको कारोवार विवरणलाइ कसरी कम्प्युटरबाट प्रविष्टि गर्ने सिकाउने देखि कर कार्यालयले प्रविष्टि गरि दिने, शनिवार खुल्ला राखेको बाणिज्य बैंकमा गएर करदाताहरुले कर बुझाउने, नयाँ दर्ताको प्रक्रियाबारे जानकारी दिने र कर सम्बन्धि जानकारी दिने जस्ता सेवाहरु प्रदान गरेका थिए ।
सयौं करदाताहरु सहभागी भएकोमा ८० भन्दा बढी विवरण दाखिला भइ ननफाइलर घटेको राजविराज कर कार्यालयका कर अधिकृत लालदेव सर्राफले बताए ।
कर छुट सम्बन्धी छुट सुविधाको अन्तिम म्याद फाल्गुन मसान्तसम्म रहेको, यो सुविधा सबैले उपयोग गर्न पाउँन र सबैले जानकारी पाउँन भनेर कर कार्यालयले सप्तरी जिल्लाभरी माईकिङ्ग कार्यक्रम ,प्रचापम्पलेट बाँडने देखि विवरण नबुझाएका सबै करदाताको मोबाइलमा विवरण बुझाउन म्यासेज पठाउने,फेसबुक पेजमा विवरण नबुझाएका करदाताहरुको पालिका अनुसार लिस्ट राखि विवरण बुझाउन अनुरोध गरेको र चिठी पत्राचार गर्ने जस्ता थप प्रयास गरेको अधिकृत सर्राफले दिनुभयो ।
देशै भरी ठुलो संख्यामा करदाताहरुले कर विवरण नबुझाइ बस्ने गरेकाले सरकारले करको दायरामा आउने नयाँ करदातालाई तीन आर्थिक वर्ष अगाडीको सबै छुट, पान नम्बर लिएका तर विवरण नबुझाएकोलाई शुल्क जरिवाना र ७५ प्रतिशत ब्याज छुट र मूल्य अभिवृद्धि करमा दर्ता भइ विवरण नबुझाएकोलाइ जरिवाना छुट दिइ छुटको व्यवस्था आर्थिक ऐन मार्फत ल्याएको हो जसको अन्तिम म्याद यही फागुन २९ गते सम्म छ, चैत्र देखि सबै लाग्ने र छुट नपाउने भएर यस्तो सुवर्ण अवसरको प्रचारप्रसार गरी कर विवरण बुझाउन कर कार्यालयले अनुरोध र करदातामैत्री भइ सधै सहयोग गर्ने गरेको उहाँले सर्राफले जानकारी दिनुभयो ।