स्वागतम खबर
जनकपुरधाम, चैत १० गते ।
मधेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले खानेपानी, सरसफाई तथा स्वच्छतामा भयावह अवस्था रहेकाे बताएका छन् ।
आइतवार वीरगञ्जमा युनिसेफकाे सहयाेगमा नेपाल सरकारका खानेपानी मन्त्रालयका खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आयाेजित खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रगत वितिय रणनीति तर्जुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
उनले भने मधेशमा याे अवस्था सरकारकाे कमी कमजाेरी भन्दा पनि जानीजानी र जनचेतना आभाव व्यक्तिले आफै ल्याएका हुन ।
स्वच्छता र सरसफाईतर्फ प्रत्येक नागरिक घरमा कुनै न कुनै माध्यमले चर्पी बनाइएकाे छ । तर केहीले त्यसकाे प्रयाेग नगरी खुल्ला स्थानमा नै शाैच गर्दै आएका छन् । याे अवस्था जानी जानी र बानी व्याेहरामा परिवर्तन नआउनुकाे कारण हाे ।
उनले थप्दै भने सरसफाई र स्वच्छता प्रमुख जिम्मेवार स्थानीय तह भएकाे हुनाले जानीजानी गलती गर्नेलाई कारवाही र बानीव्याेहरामा परिवर्तन ल्याउन जनचेतना फैलाउन आवश्यक रहेकाले स्थानीय सरकार गम्भीर हुनुपर्छ ।
साथै उनले खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापनका लागि (वास) संग सम्बन्धित कानून नै ल्याउन लागेकाे जानकारी गराए ।
मन्त्री यादवले भने अहिलेसम्म कानून आभावमा प्रदेश सरकारले साेचेजतिकाे आवश्यक काम गर्न सकेकाे छैन । खानेपानी, सरसफाई तथा स्वच्छताकाे क्षेत्रमा व्यवस्थित तरिकाले काम गर्न कानून ल्याउन लागेका हाै, खाका तयार भइसकेकाे छ चांडै नै कानून ल्याउनेछाैं ।
बागमती प्रदेश खानेपानी विभागका सचिव माेहन शाक्यकाे अध्यक्षतामा सम्पन्न साे उद्घाटन सत्र कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण लगायत बागमती, काेशी, मधेश र गण्डक सहित चार प्रदेशका ३२ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे छ ।