स्वागतम खबर
जनकपुरधाम, चैत्र ११ ।
पत्रकार आचारसंहिता पालना सम्बन्धि गाेष्ठी जनकपुरमा सम्पन्न भएकाे छ । मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासकाे अध्यक्षता तथा मधेश प्रदेशका गृह, संचार मन्त्री राजकुमार लेखीकाे प्रमुख आतिथ्यमा गाेष्ठी सम्पन्न भएकाे छ ।
गाेेष्ठीमा पत्रकार आचारसंहिता पालनामा पत्रकारहरुले गम्भीर हुनु पर्ने वक्ताहरुकाे कथन थियाे । पछिल्लो समय पत्रकारिता पेशामा पत्रकारहरुले आचारसंहिताकाे पालना नगर्दा विभिन्न टिकाटिप्पणी भईरहेकाे प्रति सबैले सचेत हुनु पर्ने वक्ताहरुकाे भनाई थियाे ।
गाेष्ठीमा धनुषाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।