स्वागतम खबर
महेन्द्रनगर, चैत्र १२ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी क्षिरेश्वरनाथ नगरपालिका वडा न.८ दिगम्बरपुरकाे वडाअधिवेशन सम्पन्न भएकाे छ । वडा कमिटीकाे अधिवेशनले जितेन्द्र महताेलाई वडा कमिटीकाे अध्यक्षमा चयन गरेकाे छ । राम कुमार महतोको अध्यक्षता तथा पार्टीको स्थायि कमिटी सदस्य एवं पूर्व मन्त्री शत्रुधन महतोकाे प्रमुख आतिथ्यमा साे अधिवेशन भएकाे थियाे । अधिवेशनमा केन्द्रिय सदस्य प्रेममाया श्रेष्ठ, प्रदेश सदस्य बबि महतो, जिल्ला उपाध्यक्ष हरि प्रसार पौडेल, मेयर प्रतियासी शिवशंकर प्रसाद सिंह, जिल्ला सदस्य हिरा महतो, जिल्ला सदस्य राम प्रगास यादव, अरुण कुमार मुखिया लगायत सयाैं नेता कार्यकर्ताकाे उपस्थिती रहेकाे थियाे ।
चयन गरिएकाे वडा कमिटीकाे उपाध्यक्षमा घुर्निदेवी महरा, सचिवमा दिपेन्द्र महतो , उपसचिवमा अरुण कुमार ठाकुर, सदस्यहरुमा रामलगन महतो, कमलेश यादव लगायतलाई चयन गरिएकाे छ ।