स्वागतम खबर
जनकपुरधाम, चैत १२ ।
जनकपुरधामका बस्तीमा गएकाे भाले चितललाई डिभिजन वन कार्यालय धनुषाकाे टाेलीले उद्वार गरि सव डिभिजन कार्यालय धनुषाधधाममा राखिएकाे छ । चाेटपटक लागेकाे चितल निकाे भएपछि जंगलमा छाडिने जनाएकाे छ ।
चितललाई अहिले सव डिभिजन वन कार्यालय धनुषाधामकाे सुरक्षित घरमा राखिएकाे र हेरचाह भईरहेकाे वन अधिकृत शंकरनारायण झाले जानकारी दिनुभयाे । चितललाई लागेकाे चाेटपटक निकाे भएपछि यसकाे वासस्थान भएकाे जंगलमा लगेर छाडिने उहाँले बताउनुभयाे ।