स्वागतम खबर
महेन्द्रनगर, चैत २१ ।
धनुषाको ढल्केवरमा रहेको विद्युत सव स्टेशनमा हावाहुरीका कारण तार चुँडिएर आगलागी भएको छ । सवस्टेशनकाे ग्रीड पावर ट्रान्सर्फमरको केवलमा अचानक आगलागी भई जलेको छ । जलेकाे तार मर्मत कार्य भईरहेकाे जनाएकाे छ । आगलागी हुँदा सव स्टेशनबाट विद्युत सप्लाई भएका विभिन्न क्षेत्रमा आज विद्युत अवरुद्ध भएको छ । ढल्केवर सव स्टेशनबाट प्रसारण हुने विद्युत लाईन दिउँसोदेखि अवरुद्ध भएको जनाएको छ ।
ढल्केवरबाट प्रवाहित हुने धनुषाको विभिन्न क्षेत्रको विद्युत अवरुद्ध भएको स्टेशनले जनाएको छ । सो सव स्टेशनबाट वितरण हुँदै आएको विभिन्न वितरण केन्द्रले समेत सूचना जारी गरी विद्युत अवरुद्ध रहने जनाएको छ ।
तार चुँडिएर सर्ट भएको कारण आगलगी हुँदा सव स्टेशनको विद्युत प्रसारण होल्ट गरिएको जनाइएको छ । हावाहुरीका कराण तार सर्ट भएर भित्रपट्टी लागेको आगो नियन्त्रणमा आइसकेको छ भने बाहिर फोहरको थुप्रोमा लागेको आगो समाचार तयार पार्दासम्म वारुण यन्त्रले नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।
सम्भावित क्षतिबाट बच्न लाइन काटिएको र अन्य मर्मतको कार्य भईरहेकोले चाँडै विद्युत सुचारु गर्ने एक कर्मचारीले बताएकाे छ ।