स्वागतम खबर
बर्दिबास, चैत २२ ।
धनुषाकाे मिथिला नगरपालिका–११, बिमिरेमा आज बिहान घाँस काट्न गएका एक जना व्यक्तिलाई भालुले आक्रमण गर्दा गम्भीर घाईते भएका छन्। महाेत्तरीकाे बर्दिबास नगरपालिका –३ पाटुका ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरी घाईते बनाएको हो।
भालुकाे आक्रमणमा परि गम्भीर घाईते भएका दुलाललाई स्थानीयहरूले तुरुन्तै उद्धार गरी जनसेवा अस्पताल बर्दिबासमा लगेकाे थियाे । दुलाललाई प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको छ। उनकाे अनुहारमा अत्याधिक घाउ देखिएकाे छ ।
घटनापछि वन क्षेत्रमा जाने व्यक्तिहरूलाई अत्यधिक सतर्कता अपनाउन स्थानीय प्रशासन तथा वन कार्यालयले आग्रह गरेकाे छ ।