Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

सार्वजनिक ईनारमा पानी खान मोटर लगाउन नदिएको आरोप

स्वागतम् खबर स्वागतम् खबर
४ हप्ता अगाडि
सार्वजनिक ईनारमा पानी खान मोटर लगाउन नदिएको आरोप

स्वागतम खबर
महेन्द्रनगर, बैशाख ७ ।

धनुषा बटेश्वर गाउँपालिका–५ का रामपुजन यादव घर नजिकै रहेको सार्वजनिक ईनारबाट खानका लागि पानी तान्न आइतवार विहान मोटर लगाउने सुरसारमा थिए । तर यादवले भने उक्त सार्वजनिक ईनारमा मोटर लगाउन पाएनन् । पानी तान्ने मोटर ईनारमा लगाउन जाँदा यादवलाई सार्वजनिक ईनारका लागि जग्गा दान दिएका बटेश्वर गाउँपालिका वडा नं. ४ का रामसेवक साह र उनका घरपरिवारले रोक्दै मोटर फालिदिए । यो ईनारमा मोटर लगाउन पाइँदैन, डोलबाल्टिन लिएर पानी तानेर खाउ, हामी रोक्दैनौ भन्दै साहले मोटर लगाउन दिएन यादवले दुखेसो पोखे ।
बटेश्वर गाउँपालिकाको गाउँसभाबाट आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत वडास्तरीय कार्य योजना अन्तर्गत वडा नं. ४ मा जयनाथ घर छेउमा रामसेवक साहु सुडीले ईनार खन्न तीन धुर नम्बरी जग्गा दियो र सार्वजनिक ईनार खनियो । ईनारबाट हाल करिव एक दर्जन घरपरिवारले मोटर लगाएर पानी खाई रहेका बटेश्वर गाउँपालिकाको मिति २०८१ मंसिर १८ गतेको पत्र संख्या २०८१/८२ चलानी नं. ४९९ को पत्रमा उल्लेख छ । वडाअध्यक्ष निरज कार्कीद्धारा जारी सो पत्रमा साविक बटेश्वर गा.वि.स. वडा नं. ५ क को किता नं. ९७० क्षेत्रफल ०–६–०–० जग्गा मध्ये ०–०–३–० जग्गा आफुखुशी सार्वजनिक ईनार निर्माण गर्न उपलब्ध गराएको र खनिएको सो ईनारबाट हाल गा.पा. वडा नं.४ र ५ का एक दर्जन घरपरिवारले पानी खाईरहेको उल्लेख छ ।
तर ईनारका लागि जग्गा दिएका साहले वडा नं. ४ को लागि मात्र पालिकाबाट यो ईनार दिएको र खनिएकोले वडा नं. ५ का बासिन्दालाई मोटर लगाएर पानी खान नदिने बताए । यो ईनारका पानी खानु छ, भने डोल बाल्टिन लिएर तान्नु पर्छ, मोटर लगाउन दिदैँनौ भन्दै मोटर लगाउन गएको वडा नं. ५ का रामपुजन यादवको मोटर ईनारमा खसाल्न नदिएर पर फालिदियो । यो विषयमा पटक पटक विवाद र छलफल हुँदै आएपनि सार्वजनिक ईनारमा यादवले भन्ने मोटर लगाउन पाएका छैनन् ।
विवाद बढ्दै गएपछि गाउँपालिकाको न्यायिक समितिमा यादवले सार्वजनिक ईनारबाट पानी पिउने व्यवस्था मिलाई पाउँ भन्दै जग्गाधनी साह र स्थानीय जयनाथ यादव विरुद्ध दिएको उजुरीमा स्थलगत निरिक्षण र सुनवाई गर्दै सो ईनारमा बलजवरजस्ती पानी पिउन मोटर लगाउने कार्यलाई न्यायिक रहेको मान्न नसकिने भन्दै अन्य व्यक्ति सरह नै ईनारको मर्मत सम्भार, पानी सफा गर्ने, औषधी हाल्ने लगायत कार्यको लागि वार्षिक रुपमा शुल्क तिरेर पानी खानलाई मोटर लगाउन दिने निर्णय मिति २०८१ कार्तिक १३ गतेमा गरेको पत्रमा उल्लेख छ ।
गाउँपालिकाको न्यायिक समितिको निर्णय अनुसार आफु वार्षिक शुल्क तिर्ने कबुल गर्दा पनि आफुलाई ईनारमा मोटर लगाउन नदिएको यादवको दावी छ । न्यायिक समितिको निर्णय नमान्दा आफु बाध्य भएर उच्च अदालत जनकपुरमा साह विरुद्ध निवेदन दिएको उनले बताए । उच्च अदालतबाट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई सो सार्वजनिक ईनारबाट अन्य व्यक्तिले उपभोग गरे सरह पानीको उपभोग गर्न बञ्चित नगर्नु नगराउनु भनेर विपक्षीहरुको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ बमोजिम अन्तरिम आदेश दिएको २०८१ पौष ४ गतेको उच्च अदालत जनकपुरको आदेश पत्रमा उल्लेख छ ।
पीडित यादवका अनुसार विपक्षी साहले उच्च अदालतको आदेशलाई समेत अवहेलना गर्दै हालसम्म पनि आफुलाई सो सार्वजनिक ईनारबाट मोटर लगाएर पानी खान नदिएको आरोप छ । उनले अदालतको आदेश कसले कार्यान्वयन गराई दिन्छ भन्दै प्रश्न पनि गरे । प्रहरीलाई गुर्हादा पनि केही सुनवाई नगरेको यादवले दुखेसो पोखे ।


उनले आफु नेपाली कांग्रेस पार्टी निकट भएको र विपक्षी नेकपा एमाले निकट भएकाले राजनीतिक दाउपेच गरेर आफुलाई पानी खानबाट बन्चित गरेको गुनासो गरे ।
यता सार्वजनिक ईनार खनिएको जग्गाधनी साहले आफुले कहिले पनि यादवलाई ईनारको पानी खान नरोकेको बताए । उनले यो ईनार वडा नं. ४ का व्यक्तिको लागि खनिएकोले वडा नं. ५ का घरधुरीलाई आफुखुशी पानी खान दिने बताए । यादवलाई पनि पानी खान रोकेको छैन तर डोल, बाल्टिन लिएर मात्र पानी तान्न दिने उनको अडान छ । आफुले कुनै पनि राजनीतिक दाउपेच नगरेको र यादवले आफुलाई पटक पटक थर्काएर बलजवरजस्ती मोटर लगाउन खोजिएकाले रोकिएको साहको भनाई छ ।


सो ईनारमा दुवै वडाका आधा दर्जन भन्दा बढी मोटर लगाएर पानी खाई रहेका स्थानीयहरुले बताएका छन् । सुग्जोर बटेश्वर सडक खण्डमा पर्ने सो टोल सडक उत्तर वडा नं. ४ र सडक दक्षिण वडा नं. ५ पर्छ ।
सो टोलमा ईनारको संख्या कमै रहेको र पुराना चापाकलहरु कतिपय सुकेको र कतिपयमा पानी कम भएकाले खानेपानीको समस्या बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य