स्वागतम खबर
ढल्केवर, बैशाख १० ।
धनुषाको मिथिला नगरपालिका–३, लालभित्ती चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएकाे छ । बुधबार ४ बजे बसको ठक्करबाट सोही ठाउँकी ७४ वर्षीया दुर्गादेवी महतोको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ६१०० नम्बरको बसले वृद्धा महतोलाई ठक्कर दिएको थियो । घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जानकारी दिए ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।