Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

वन तथा वन्यजन्तु संरक्षण विषयमा स्थानीय समुदायसँग अन्तरक्रिया

जंगल क्षेत्रको पोखरीमा वर्षैभरि टिक्ने गरी पानी व्यवस्थापन गर्न सुझाव

स्वागतम् खबर स्वागतम् खबर
३ हप्ता अगाडि
वन तथा वन्यजन्तु संरक्षण विषयमा स्थानीय समुदायसँग अन्तरक्रिया

स्वागतम खबर
महेन्द्रनगर, बैशाख १३ ।

धनुषाको धनुषाधामस्थित सव डिभिजन वन कार्यालय धनुषाधामले वन तथा वन्यजन्तु संरक्षण विषयमा धनुषाधाम नगरपालिका वडा नं. २ का स्थानीयहरुसँग शनिवार अन्तरक्रिया गरेको छ । धनुषाधामको संरक्षित वन तथा वन्यजन्तुको संरक्षणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेकाले वन क्षेत्रको वरिपरि बसोवास रहेका गाउँटोलका स्थानीयहरुसँग वन तथा वन्यजन्तु संरक्षण विषयमा अन्तरक्रिया गरिएको सव डिभिजन वन कार्यालय धनुषाधामले जनाएको छ ।
संरक्षित वन क्षेत्रको रुपमा परिचित धनुषाधामको वन तथा वन्यजन्तुलाई वन कार्यालयले मात्र संरक्षण गरेर नहुने भन्दै यसमा स्थानीयको सहयोग, साथ र चासो महत्वपूर्ण रहेकाले समय–समयमा स्थानीयहरुसँग वन र वन्यजन्तु संरक्षणका लागि अन्तरक्रिया, गोष्ठी जस्ता कार्यक्रम गर्दै आएको सव डिभिजन वन कार्यालयका प्रमुख शंकरनारायण झाले जानकारी दिनुभयो । अन्तरक्रियाबाट आएका स्थानीयहरुको सुझावलाई प्राथमिकताका साथ योजना बनाएर कार्य गर्दै जाने उहाँले बताउनुभयो ।


कार्यक्रममा सहभागीहरुले वन क्षेत्रलाई अझ संरक्षणमा कडाका साथ लाग्नुपर्ने, वनमा भएको सुख्खा तथा सँडेगलेका काठ निकाल्नुपर्ने, खाली भएका ठाउँमा वृक्ष रोपण गर्नुपर्ने, जंगली वन्यजन्तुलाई पानी खान सहजताका लागि जंगल क्षेत्रभित्र रहेको पोखरीमा सधैंका लागि पानीको व्यवस्थापन गर्नुपर्ने, वाणगंगा नदीको उद्गम स्थललाई मर्मत संभार गरी ढिस्कोले पुरिएको पानीको मुहानलाई खोलेर संरक्षण गर्नुपर्ने लगायतका विषयमा आ–आफ्नो सुझाव दिएको कार्यालयका प्रमुख झाले जानकारी दिनुभयो । आफु यस सव डिभिजन वन कार्यालयमा प्रमुख भएर आएदेखि नै वन तथा वन्यजन्तु संरक्षणका लागि स्थानीय समुदायसँग टोलस्तरमै गएर छलफल गर्दै आएको र समुदायको सुझाव अनुसार योजना बनाएर कार्य गर्दै आएकाले धनुषाधाम संरक्षित वनको रुपमा चिनिएको उहाँको भनाइ छ ।

धनुषाधामस्थित सव डिभिजन वन कार्यालयको सभाहलमा शनिवार भएको अन्तरक्रिया कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नं.२ धरमपुरको करिव तीन दर्जन स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरु विगत १० वर्षको अवधिमा धनुषाधाम वन क्षेत्रमा भएको परिवर्तन र संरक्षणको कार्यलाई सराहना गरेका थिए ।


धनुषाधाम संरक्षित वन क्षेत्रभित्र यसै आ.व.मा धार्मिक एवं पर्यटक स्थलको रुपमा विकास गर्न रामायण बाटिका बनाउने कार्यको सुरुवात गर्ने योजना समेत रहेको धनुषाधाम वन संरक्षण क्षेत्र परिषद्का सचिव सत्यनारायण यादवले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य