स्वागतम खबर
ढल्केवर, बैशाख १८ ।
धनुषाकाे मिथिला नगरपालिका २ नक्टाझिजमा आज अर्चना बाबा शाखा धामका भवन निर्माण कार्यका सुरु भएकाे छ। नक्टाझिजस्थित विश्वकर्मा चाैकभन्दा पश्चिम बसही खाेला किनारमा अर्चना बाबा शाखाधामका भवन निर्माण कार्य धमाधम भईरहेकाे शाखा धामका संयाेजक जगदिश प्रसाद सिंहले जानकारी दिनुभयाे ।
स्थानीय सुरतलाल महताे र राजकुमार महताेले बसही खाेला किनारमा रहेकाे आफ्नाे नम्बरी जग्गमा शाखाधामकाे नाममा उपलब्ध गराएकाे र साे जग्गामा भवन निर्माण कार्य भईरहेकाे उहाँले बताउनुभयाे ।
अर्चना बाबाकाे विधिवत पुजापाठ गरेर भवन निर्माण कार्य सुरु भएकाे छ ।