स्वागतम खबर
महेन्द्रनगर, बैशाख २१ ।

धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना माथेमाले पालिकालाई नगर प्रमुखले एकलाैटी चलाई रहेकाे आराेप लगाएका छन् ।आइतवार पत्रकार सम्मेलन गर्दै उप प्रमुख माथेमाले नगर प्रमुख सुखदेव यादवले मनमानी तरिकाले काम गरिरहेको आराेप लगाएका छन्। आर्थिक वर्षको १० महिना वितिसक्दा पनि Best place to buy cheap rolex daytona replica. And the best AAA+ swiss made grade 1 Rolex replica on our website with fast shipping.अहिलेसम्म योजनाको रेडबुक समेत सार्वजनिक नगरी आफ्ना नजिकका व्यक्तिहरुलाई उपभोक्ता समितिका सदस्य बनाई मनमानी तरिकाले काम गरिरहेको उप प्रमुख माथेमाकाे भनाइ छ । उनले नगर योजना सार्वजनिक गर्न माग समेत गरेका छन् ।
उनले पत्रकार सम्मेलनमा भने – २२ करोडको योजना बनेकाे छ तर आफु संग कुनै पनि समन्वय नगरी काम गरिरहेकाे छ याे गलत हाे, वडास्तरका याेजनामा पनि एकै व्यक्तिलाई सबै वडाको उपभोक्ता समितिका सदस्य बनाएर नगर प्रमुख यादवले आफ्नाे मनमानी तरिकाले काम गर्दा विकास निर्माणको काम प्रभावित बनेकाे छ ।
मेयरले मनमानी तरिकाले कर्मचारी राख्ने प्रयासमा समेत रहेको दावी गर्दै उप प्रमुख यादवले लोकसेवाबाट आएका कर्मचारीलाई वेवास्ता गरी आफ्ना नजिकका करारका कर्मचारीबाट काम गराईरहेको अवस्थामा भोलीका दिनमा कुनै योजनालाई लिएर हस्ताक्षर गराउन आउँदा आफु त्यसको जिम्मेवारी कसरी लिने भन्ने प्रश्न गरे ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै सो पालिकाका वडा नं. ४ का वडाध्यक्ष जगदीश यादवले विगत दुई वर्ष देखि मेयर यादवले मनमानी तरिकाले काम गरेपनि आफुहरु विरोध नगरेको बताउँदै अब मेयरको मनमानी विरुद्ध आफुहरु संगठित भईरहेको बताए । मेयरले एकलौटी तरिकाले सबै शाखाका कामहरुका उपभोक्ता समिति बनाई प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई आफ्ना विश्वासमा लिई काम गरिरहेकाले ति दुबै जना कर्मचारीको सरुवा नहुन्जेल पालिकाको काम अगाडी बढ्न नदिने अडान लिएकाे भनेकाछ । वडाध्यक्ष यादवले नगरपालिकाले योजनाको रेडबुक समेत वडाकार्यालयमा नपठाई चालु आर्थिक वर्षमा एक सुको समेत नदिएको आरोप लगाएका छन् ।

साे पत्रकार सम्मेलनमा बोल्दै पालिकाका पुर्व मेयर तथा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारले पालिका भित्र हुने कामको बारेमा आम नागरिकलाई जानकारी नदिनुले भ्रष्टाचारको गन्ध लागेको बताए । मेयर यादवले पालिको हरेक शाखामा मनमानी तरिकाले काम गरिरहेकाले तीन वर्षमा कुनै पनि ठोस काम नदेखिएको बताएका छन् ।