स्वागतम खबर
महेन्द्रनगर, बैशाख २२ ।

धनुषाको ढल्केवरस्थित कृषि उपज बजारमा सोमबार चमेना गृहको शिलान्यास गरिएको छ । कृषि बजार क्षेत्रको हााताभित्र उत्तरपट्टीको कुनामा चमेना गृह निर्माण कार्यका लागि जग शिलान्यास UK Replica offers a variety of 1:1 best Replica rolex GMT-Master II, high quality fake rolex GMT-Master-II.गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिएका छन् । बजार व्यवस्थापन समितिका अध्यक्ष महतोको अध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा चमेना गृहको शिलान्यास गरिएको छ ।
प्रमुख अतिथि यादवकै पहलमा मधेश प्रदेशका सांसद अन्जाना पण्डितको पहलमा बजेट मधेश प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएपछि रु. ३० लाखको लागतमा चमेना गृह निर्माण कार्य शुरु गरिएको समितिका अध्यक्ष महतोको भनाइ छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं. ६ ढल्केवारमा चमेना गृह निर्माण उपभोक्ता समिति मार्फत चमेना गृह निर्माण गर्न लागेको छ । उक्त चमेना गृह निर्माणका लागि प्रदेश सरकारबाट सांसद पण्डितको पहलमा रु. ३० लाख रुपैयाँ छुट्याइएको छ । सो चमेना गृहको निर्माण कार्य २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
चमेना गृहमा बजारमा आउने कृषक, व्यापारी लगायत अन्य आगन्तुकहरुको लागि सुपथ मुल्यमा व्यवस्थित खाना, नास्ता, चियाको प्रबन्ध गरिने बजार समितिले जनाएको छ ।


यसैबीच चमेना गृहको जग शिलान्यास गर्दै प्रमुख अतिथि यादवले सो चमेना गृहको नाम ढल्केवर चमेना गृह राख्न सुझाव दिएका छन् । विगतमा निकै चर्चित रहेको ढल्केवरको नाम पछिल्लो समय गुमनाम हुन थालेकोले यसको पहिचानसँग जोडिएर ढल्केवर चमेना गृह नाम उपयुक्त हुने भन्दै यादवले सो नाम राख्न सुझाए । प्रमुख अतिथि यादवले भने – ‘मिथिला नगरपालिकाको नाम पनि यहाँको लागि सान्दर्भिक नभएको भन्दै ढल्केवर नगरपालिका हुनुपर्ने तर कता कता के भएर मिथिला नाम राखिदियो जसले ढल्केवरको मौलिकतालाई मेटाउन खोजिएको छ, कमसे क चमेना गृहको नाम ढल्केवरकै नामबाट राख्नुस् ।’
शिलान्यासको अवसरमा प्रदेश सांसद कुमरकान्त झा, अन्जाना पण्डित, मिथिला नगरपालिका ६ का वडाअध्यक्ष नन्दकिशोर यादव, ७ वडाअध्यक्ष रामबहादुर स्यांग्दन, वडा नं. १ वडाअध्यक्ष जोगी महतो, ४ वडाअध्यक्ष चन्द्रबहादुर बुलन लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।