Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर चमेना गृह नाम राख्न कांग्रेस सहमहामन्त्री यादवको सुझाव

स्वागतम् खबर स्वागतम् खबर
२ हप्ता अगाडि
ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

स्वागतम खबर
महेन्द्रनगर, बैशाख २२ ।

धनुषाको ढल्केवरस्थित कृषि उपज बजारमा सोमबार चमेना गृहको शिलान्यास गरिएको छ । कृषि बजार क्षेत्रको हााताभित्र उत्तरपट्टीको कुनामा चमेना गृह निर्माण कार्यका लागि जग शिलान्यास गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिएका छन् । बजार व्यवस्थापन समितिका अध्यक्ष महतोको अध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा चमेना गृहको शिलान्यास गरिएको छ ।
प्रमुख अतिथि यादवकै पहलमा मधेश प्रदेशका सांसद अन्जाना पण्डितको पहलमा बजेट मधेश प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएपछि रु. ३० लाखको लागतमा चमेना गृह निर्माण कार्य शुरु गरिएको समितिका अध्यक्ष महतोको भनाइ छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय धनुषाले मिथिला नगरपालिका वडा नं. ६ ढल्केवारमा चमेना गृह निर्माण उपभोक्ता समिति मार्फत चमेना गृह निर्माण गर्न लागेको छ । उक्त चमेना गृह निर्माणका लागि प्रदेश सरकारबाट सांसद पण्डितको पहलमा रु. ३० लाख रुपैयाँ छुट्याइएको छ । सो चमेना गृहको निर्माण कार्य २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
चमेना गृहमा बजारमा आउने कृषक, व्यापारी लगायत अन्य आगन्तुकहरुको लागि सुपथ मुल्यमा व्यवस्थित खाना, नास्ता, चियाको प्रबन्ध गरिने बजार समितिले जनाएको छ ।


यसैबीच चमेना गृहको जग शिलान्यास गर्दै प्रमुख अतिथि यादवले सो चमेना गृहको नाम ढल्केवर चमेना गृह राख्न सुझाव दिएका छन् । विगतमा निकै चर्चित रहेको ढल्केवरको नाम पछिल्लो समय गुमनाम हुन थालेकोले यसको पहिचानसँग जोडिएर ढल्केवर चमेना गृह नाम उपयुक्त हुने भन्दै यादवले सो नाम राख्न सुझाए । प्रमुख अतिथि यादवले भने – ‘मिथिला नगरपालिकाको नाम पनि यहाँको लागि सान्दर्भिक नभएको भन्दै ढल्केवर नगरपालिका हुनुपर्ने तर कता कता के भएर मिथिला नाम राखिदियो जसले ढल्केवरको मौलिकतालाई मेटाउन खोजिएको छ, कमसे क चमेना गृहको नाम ढल्केवरकै नामबाट राख्नुस् ।’
शिलान्यासको अवसरमा प्रदेश सांसद कुमरकान्त झा, अन्जाना पण्डित, मिथिला नगरपालिका ६ का वडाअध्यक्ष नन्दकिशोर यादव, ७ वडाअध्यक्ष रामबहादुर स्यांग्दन, वडा नं. १ वडाअध्यक्ष जोगी महतो, ४ वडाअध्यक्ष चन्द्रबहादुर बुलन लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

वन तथा वन्यजन्तु संरक्षण विषयमा स्थानीय समुदायसँग अन्तरक्रिया

वन तथा वन्यजन्तु संरक्षण विषयमा स्थानीय समुदायसँग अन्तरक्रिया

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य