स्वागतम खबर
ढल्केवर जेष्ठ ३१ ।
धनुषाको मिथिला नगरपालिकामा शनिवार नगरस्तरीय अपाङ्गता पैरवी समूह पुनः गठन गरिएको छ । मिथिला नगरपालिकाको ढल्केवरमा स्थानीय पैरवी समूहका संयोजक दिपिका लामाको अध्यक्षतामा पैरवी समूह तथा अन्य सरोकारबलाहरुको बसेको बैठकले ११ सदस्य मिथिला नगर स्तरीय अपाङ्गता पैरवी समूह पुनः गठन गरिएको छ ।
बैठकले समूहको संयोजकमा पुनः दिपिका लामालाई चयन गरेको छ भने सदस्यहरुमा शारदा मगर, रिता पोखरेल, मनोज कुमार साह, मनोज कुमार राउत, सीता देवी महतो, सीता लामा, लालबाबु पासवान, रुपाने कामी, दान प्रसाद रविदासलाई चयन गरेको छ ।
यता सोहि बैठकबाट स्थानीय पैरवी समूहले अगामी दिनमा काम गर्दा अपनाउने रणनीतिको विषयमा समेत छलफल गरेको संयोजक लामाले जानकारी दिनुभयो । बैठकमा पैरवी समूहले मिथिला नगरपालिकाको नगरस्तरीय अपाङ्गता समन्वय समिति सँगको समन्वयमा बसेर अपाङ्गताका सवालहरुका बारेमा अझ बढी जिम्मेवार भएर कार्य गर्ने तथा समूहका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न्न कार्यक्रम चलाउने निर्णय गरेको संयोजक लामाले बताउनुभयो ।
बैठकमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका रोशन न्यौपाने, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका व्यवस्थापक प्रकाश नेपाली, लेखा प्रमुख ज्योति कुमारी साह र फोकल पर्सन उपेन्द्र राउतको उपस्थिति रहेको थियो ।