स्वागतम खबर
जनकपुरधाम, असार १० ।
सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले यसै शैक्षिकसत्र देखि बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने भएको छ ।
मधेस प्रदेश लगायत नेपालभरि नै ख्याती कमाई सकेको यस सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले आफ्नो सम्पूर्ण शैक्षिक पठनपाठन सफलता पूर्वक अध्ययन अध्यापन गराउँदै थप शैक्षिक कार्यक्रमको बिस्तार गर्दै यसै शैक्षिकसत्र देखि बि.ई. इलेक्ट्रिकल ४ वर्षे विषयको कक्षा संचालन गर्न गईरहेको छ ।
दक्ष र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्ने मुख्य लक्ष्य रहेको सेन्ट्रल कलेजले पुर्वाञ्चल विश्वविद्यालयबाट आधिकारिक मान्यता प्राप्त गरेको छ । यस अघि BE Civil , BIT , BBA & MBA CTEVT- HEALTH ( Pharmacy,HA ,CMLT Lab & Radiology ) ENGINEERING (Diploma Civil & Electrical ) ( Pre-Diploma in Civil , Electrical & Survey Engineering )बिषयको अध्यय अध्यापन भईरहेको छ ।
यस कलेजको शिक्षा गुणस्तरप्रति प्रतिबद्धता, टिमको मेहनत र विद्यार्थीहरुको भविष्य प्रतिको विश्वासको फल स्वरुप अब यस कलेजले बि.ई. इलेक्ट्रिकल अन्तर्गत नयाँ यात्रा सुरु गर्न गईरहेको कलेजका संचालक विजय कुमार झाले बताउनु भएको छ ।