स्वागतम खबर
महेन्द्रनगर, असार १४ ।
आफै सवार माेटरसाईकल अनियन्त्रित भएर लड्दा धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाकाे महेन्द्रनगरमा एक युवककाे मृत्यु भएको छ । दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ स्थित दिगम्बरपुरका अन्दाजी ३० वर्षीय रामरतन महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
आज दिउँसो जनकपुरधामदेखि महेन्द्रनगरतर्फ आउँदै गर्दा जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगर नजिक तिव्र गतिमा रहेकाे माेटरसाईकल अनियन्त्रित भएर लड्दा टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका महताेकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।
मधेश प्रदेश ०२००५प८७९५ नम्बरको रातो रंगको अपाची मोटरसाइकलमा सवार रहेका महतोको उपचारको क्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको इप्रका महेन्द्रनगरले जनाएको छ ।