स्वागतम खबर
ढल्केवर, असार १६ ।
धनुषाको मिथिला नगरपालिकाले साेमबार अगामी आर्थिक वर्ष २०८२/०८३ काे लागि ७९ करोड ७८ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाकाे १५ औँ नगरसभामा आज नगर प्रमुख महेन्द्र महतोले आगामी आर्थिक वर्ष २०८२/०८३ काे लागि ७९ करोड ७८ लाख ८ हजार ३३५ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त अनुमानित बजेट पेश गरिएको नगर प्रमुख महतोले बताएका छन् ।
नगरसभामा बजेट, नीति तथा कार्यक्रम नगर प्रमुख महतोको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले नीति तथा कार्यक्रम र अनुमानित बजेेट वाचन गरेका थिए ।
नगरसभामा मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकी, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख लगायतकाे उपस्थिति रहेकाे थियाे ।
असार १० गते नै नगरसभा गरेर बजेट सार्वजनिक गर्नुपर्नेमा मिथिला नगरपालिकाले ६ दिन ढिलो गरि नगरसभा गर्दै बजेट प्रस्तुत गरेकाे छ । निर्धारित समयभन्दा ढिला भएकाे नगरसभामा उपस्थिति भने न्यून थियाे । नगरसभाकाे लागि निर्धारित समयमा कार्यपालिका बैठक बसेकाले नगरसभा ढिलाे गरि सुरु भएकाे थियाे ।