राजेश महताे
जनकपुरधाम, भदौ ६ ।

संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा धनुषाले विभिन्न १२ सुत्रिय माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई शुक्रवार ज्ञापनपत्र बुझाएको छ । संघका धनुषा अध्यक्ष राजेश कुमार यादवको नेतृत्वमा गएको एम्बुलेन्स चालकहरुको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी शंकर हरी आचार्य मार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा १० वर्ष पुगेका एम्बुलेन्स कुनै पनि विकल्प नदिई हटाउने निर्णय मेडिकल माफियाहरुको योजनामा भएको ठहर गर्दै राष्ट्र हित विपरितको निर्णय सच्याउन माग गरेको छ ।

संघले श्रमिक तथा आम नागरिक अधिकार विरोधी स्वास्थ्य ऐन २०७५ संशोधन गर्न, कुनै पनि अस्पतालमा एम्बुलेन्सलाई निर्वाध पार्किंङ्गको व्यवस्था गर्न, हाल क,ख,ग वर्गमा रहको एम्बुलेन्सलाई नविकरण दिई नयाँ दर्ता गर्दा मात्र यस्तो नियम लागु गर्न, एम्बुलेन्स चालकलाई नियमित तालिमको व्यवस्था गर्न, अस्पतालले मात्र एम्बुलेन्स संचालन गर्न पाउने निर्णय खारेज गर्न, नीजि क्षेत्रलाई एम्बुलेन्स आयातमा लगाइएको प्रतिबन्ध खारेज गर्न, एम्बुलेन्स चालकलाई राज्यद्धारा निःशुल्क स्वास्थ्य उपचारक व्यवस्था गर्न, समान्य गल्तीमा एम्बुलेन्स चालकलाई हिरासतमा राख्न नपाउनेव्यवस्था कायम गर्न लगायतको १२ सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
आफुहरुको मागलाई वेवास्ता गरिए कडा रुपमा आन्दोलन गर्न बाध्यु हुने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हुने ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र