स्वागतम खबर

ढल्केवर, भदाै १७ ।

धनुषामा विद्युतीय करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार स्थानीय जानुका कार्कीकोे निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमर्टमका लागि अस्पताल पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी चौकी लालगढले जनाएको छ ।