एजेन्सी
महेन्द्रनगर, पौष १ ।
जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना भाइरस पत्ता लगाउन नयाँ तरिकाको खोजी गरेका छन् । मानिसमा कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि वैज्ञानिकले नयाँ तरिका खोजी गरेका छन् । उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ ।
मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट (परावैजनी) प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ । यो मास्कको विशेषता यो छ कि मास्कको फिल्टर अस्ट्रिचको कोशिकाबाट बनाइएको हो । अनुसन्धानका अनुसार मास्कको अघिल्लो तहमा एक फिल्टर लगाइएको छ । यसमा एक फ्लोरिसेन्ट स्प्रे लगाइएको छ ।
यसमा एक एन्टीबडी हुन्छ । जुन भाइरससँगै बन्द हु्न्छ । यदि मास्कमा भाइरसको कण देखियो भने परावैजनी प्रकाश (यूभी) चम्किन्छ । यो मास्क स्मार्टफोनको एलईडी मा चम्किन्छ ।